बिजनबारी भेगमा खोलियो पहिलो पेट्रोल पम्प

बिजनबारी: लामो समयको प्रतीक्षापछि अन्तत: बिजनबारी भेगमा पहिलोपटक व्यावसायिक रूपमा पेट्रोल पम्प सञ्चालनमा आएको छ। बिजनबारी ग्रामीण अस्पताल नजिक खोलिएको उक्त पेट्रोल पम्पले बिजनबारी क्षेत्र लगायत अऩ्य ठाउँहरूबाट आएका साना-ठूला वाहन तथा दुई चक्के बाइक, स्कुटीहरूका मालिकहरूले अब राहतको सास फेरेका छन। स्मरण रहोस्, दार्जिलिङ तथा यसको वरिपरिको क्षेत्रलाई छोडेर बिजनबारी खण्डमा यो पहिलो व्यावसायिक पेट्रोल पम्प हो भने हालसम्म खुल्ला रूपमा बिक्री गरिने पेट्रोलियम पदार्थहरु पम्पको तुलनामा गुणस्तरहिन तथा महँगो मुल्यमा बिक्री हुँदै आइरहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *