बिजनबारी क्षेत्रबाट धेरैजना अन्य पार्टी त्यागेर भाजपामा सामेल

बिजनबारी: विधानसभा चुनाउको मुखैमा बिजनबारी क्षेत्रका विभिन्न ठाउँहरूबाट धेरैजना समर्थकहरू आज अन्य पार्टी छोडेर भाजपामा सामेल भएका छन्। स्थानीय बिजनबारी खेल मैदान नजिक सार्वजनिक भवनमा आयोजना गरिएको कार्यक्रममा जिल्ला उपाध्यक्ष एलएम लामा, जिल्ला महासचिव सावन राई, स्वराज थापाको बाहुलीबाट सामेलहुनेहरूलाई दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाइयो। भाजपा बिजनबारी शाखाको आयोजना तथा बीआर छेत्रीको अध्यक्षतामा आयोजित सभामा उपाध्यक्ष लामाले भाजपा गोर्खाहरूको 11 जातगोष्ठी अनि स्थायी राजनैतिक समाधानको पक्षमा रहेको बताए। सभालाई भाजपाको जिल्ला महासचिव सावन राई, केन्द्रीय सदस्य स्वराज थापाले पनि सम्बोधन गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *