बिजनबारी क्षेत्रका 59 परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल

दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई समर्थन जनाउने कार्य विभिन्न ठाउँमा हाल जारी देखिन्छ। यसै क्रममा आज विभिन्न राजनैतिक पार्टीहरू छोडेर 59 परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, पुल बिजनबारी गोक समष्टिले आयोजना गरेको समर्थन कार्यक्रममा पार्टी अध्यक्ष अनित थापा, महासचिव अमर लामा, केन्द्रिय उपाध्यक्ष सतीश पोख्रेलको विशेष उपस्थिति रहेको थियो।


पार्टीमा सामेल हुनेहरुमा गोरामुमो-का पूर्व सदस्य पुरण जैरु प्रमुख थिए। तिनी केही समयसम्म हाम्रो पार्टीसित पनि सम्बन्धित रहेको बताउँदै तिनले भने, हाम्रो पार्टी हाम्रो निम्ति हावा पार्टी अनि देउसी पार्टी मात्र हो। यस अवसरमा सामेल हुने सबै जनालाई आफ्नो पार्टीमा स्वागत जनाउँदै अनित थापा, अमर लामा र सतीश पोख्रेलको बाहुलीबाट पार्टीको झण्डा प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *