बिजनबारी क्षेत्रको विभिन्न क्वारेन्टाइन सेन्टरहरूको विनय तामाङद्वारा परिभ्रमण

बिजनबारी : गोजमुमो अध्यक्ष विनय तामाङले आज पुल बिजनबारी, गोक तथा रेलिङ कैजले समष्टिका विभिन्न गाउँहरूमा बनिएको कोरोन्टाइन सेन्टरहरूको परिभ्रमण गरे। तिनी आज बिहान दार्जिलिङबाट प्रस्थान गरेपछि जोरथाङ नजिक सिङला हुँदै त्यहाँका कोरोन्टाइनमा बस्नेहरूसँग भलाकुसारीको साथमा भ्रमणको शुरूवात गरे भने तिनी त्यसपछि गर्बेटार गोक हुँदै पुलबजार भएर रेलिङ कैजले समष्टि प्रवेश गरेर लोअर रेलिङ, रेलिङ बजार, दङे स्याङदेनटार भएर लामागाउँ हुँदै कैजले भएर पुरानो बिजनबारी महाविद्यालयमा बनाएको क्वारेन्टाइन सेन्टरमा बसेका मानिसहरूसँग कुरकानी गर्दै तिनीहरूको स्वास्थ्यबारे जानकारी पनि लिए।


उक्त परिभ्रमणमा मोर्चा अध्यक्षबाहेक उपाध्यक्ष सतीश पोख्रेल, पुल बिजनबारी गोक समष्टि सभापति एसएम राई, सचिव दिपक तामाङ, सर्भिलेन्स कमिटीका दुवै समष्टिका सयोजकहरू राजु सुब्बा र मिलन छेत्री, युवा मोर्चा महासचिव अरुण छेत्री उपस्थित थिए। तिनले उक्त परिभ्रमण अवधि क्वारेन्टाइनमा बसेकाहरूलाई आवश्यक खाद्य सामग्री, किटनाशक लगायत माक्स वितरण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *