बिजनबारी क्षेत्रलाई ड्रग्समुक्त बनाउन तदर्थ कमिटी गठन

बिजनबारी : बिजनबारी क्षेत्रमा ड्रग्सखोरहरूको रगरगी निकै बढेर गएकोले यस क्षेत्रलाई ड्रग्समुक्त बनाउन बिजनबारी खण्ड विकास कार्यालय अनि पुलबजार थानाको सहयोगमा क्षेत्रको विभिन्न संघ संस्थाहरूले कम्मर कसेका छन्। यसै क्रममा हाम्रो बिजनबारी राम्रो बिजनबारीको नाराको साथमा आज बिजनबारी सार्वजनिक भवनमा क्षेत्रका 27 वटा संघ-संस्थाका प्रतिनिधिहरूलाई लिएर एउटा सभाको आयोजना गरियो। सभामा ड्रग्सको कुलतबाट युवा-युवतीहरूलाई तथा समाजलाई कसरी मुक्त गराउनु पर्नेबारे व्यापक चर्चा परिचर्चा गरियो। सभामा उपस्थित 27 वटा संस्थाका प्रतिनिधिहरूले आ-आफ्नो विचार राखेपछि एउटा तदर्थ कमिटी गठन गरियो। सभाले उक्त तदर्थ कमिटीको नाम ड्रग्स निराकरण एवम् कल्याण परामर्श कमिटी नामाकरण गर्दै पुनम दर्नाललाई संयोजकको रूपमा चयन गरेको छ। आगामी सभामा पूर्णाङ्क कमिटी गठन गरिने पुनम दर्नालले जानकारी दिएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *