बिजनबारी क्षेत्रमा भोलि हुने चुनाउको अन्तिम तयारी  

बिजनबारी: राज्यको पाँचौँ चरण अन्तर्गत पहाडको दुई जिल्ला दार्जिलिङ र कालेबुङ विधानसभा चुनाउ आउन अब केवल एक दिन मात्र बाँकी रहेको छ। विधानसभा चुनाउलाई केन्द्र गरेर यता बिजनबारी भेगमा पनि यसको तयारी लगभग पुरा भइसकेको छ भने विभिन्न पोलिङ स्टेशनहरूमा आवश्यक सर-समानहरूको साथमा चुनाउ कर्मचारीहरू आ-आफ्नो बुथमा आइसकेका छन्। चुनाउ अवधि कुनै प्रकारको झै-झगडा तथा अप्रिय घटना नहोस् भन्ने उद्देश्य लिएर बुथहरूमा कठोर सुरक्षा व्यवस्था अप्नाउनको साथै सुरक्षा कर्मीहरू तैनाथ गरिएको छ। यसको साथै चुनाउ आयोगको निर्देश अनुसार यहाँको प्रत्येक बुथहरूमा कोरोना संक्रमणलाई ध्यानमा राखेर मतदान अवधि बुथहरूमा सरकारी जारी निर्देशअनुसार सामाजिक दूरी, सेनिटाइज तथा शरीरको तापमान नाप्ने प्रक्रिया आदिको व्यवस्था गरिने सम्बन्धित चुनाउमा खटिएका कर्मचारीहरूले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *