बिजनबारी क्षेत्रमा कोरोना संक्रमणलाई रोक्ने प्रयास जारी

बिजनबारी: कोरोना भाइरसको बढ्दो संक्रमणलाई रोक्न दार्जिलिङ पुलबजार खण्ड विकास कार्यालय सहित खण्डभरिका विभिन्न स्वस्थ्य केन्द्र, बिजनबारी ग्रामीण अस्पतालले कार्य गरिरहेको रोगी कल्याण समिति तथा बिजनबारी ग्रामीण अस्पतालका चेयरम्यान निर्मल सिहले बताएका छन। आफुहरुसित रहेको संशाधनको सहयोगमा बिरामीहरूलाई स्थानीय स्तरमा सहयोग पुर्याउँदै आएको तिनले बताएका छन्। यसको साथै बिजनबारी भेगमा कार्यरत् मिडिया कर्मीहरुलाई पनि चाँडै कोरोनाको भ्याक्सिन लगाइने तिनले जानकारी दिए। अर्कोतिर मौसम विभागले जारी गरिएको याश तुफानको दार्जिलिङ पहाडमा पनि प्रभाव पर्नसक्ने सम्भावना रहेकोले गर्दा मानिसहरूलाई घरभित्र नै सुरक्षित रहने तिनले अपिल गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *