बिजनबारी चुङथुङ सर्कल कमिटी गठन

बिजनबारी: केन्द्रिय समिति, संयुक्त माध्यमिक शिक्षक कल्याण संगठनको आयोजनामा बिजनबारी-चुङथुङ सर्कल कमिटी गठनार्थ बिजनबारीस्थित सामुदायिक भवनमा उपाध्यक्ष एसके मोक्तानको सभापतित्वमा सांगठनिक सभा सम्पन्न भयो। संगठनलाई अझ सुदृढ बनाउन बिजनबारी-चुङथुङ सर्कल कमिटी गठन गरिएको दार्जिलिङ महकुमा समिति सभापति चन्द्र भण्डारीले जानकारी दिएका छन्। सभामा सभापति विवेक सुब्बा, उप-सभापति राजकुमार लामा, तिलक ठकुरी, सुरज प्रधान, सचिव रविन तामाङ, सहसचिव निशान राणा, रिकी थापा, निर्मल छेत्री, कोषाध्यक्ष सञ्जय गुरुङ, सह-कोषाध्यक्ष विमल राई अनि प्रवक्ता कैलाश पाण्डेलाई लिएर मोठ 22 जना कार्यकारिणी सदस्यहरू चयन गरिएको छ भने प्रत्येक विद्यालयका प्रधानाध्यापकहरूलाई सल्लाहकारको रूपमा चयन गरिएको छ।


केन्द्रिय प्रतिनिधिहरूमा समिति अध्यक्ष अनिल शर्मा, दार्जिलिङ जिल्ला सभापति राम तामाङ, केन्द्रिय प्रवक्ता हेमन्त गुरुङ, केन्द्रिय सहसचिव चन्दन सिंह, कोषाध्यक्ष प्रवेश गुरुङ साथै अन्य विशेष अतिथिहरूको उपस्थितिमा बिजनबारी चुङथुङ सर्कल कमिटी गरियो। उक्त सभामा बिजनबारी-चुङथुङ सर्कल कमिटीभित्रका मोठ 11 वटा विद्यालयका प्रधानाध्यापकहरू साथै सह शिक्षक, शिक्षिकाहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *