बिजनबारी चुङथुङ आरूबोटेका 28 परिवार गोजमुमोमा सामेल

बिजनबारी: गोर्खा जनमुक्ति मोर्चामा सामेल हुने क्रम जारी रहेको छ। यसैक्रम अनुसार चुङथुङ आरूबोटेबाट 28 घर परिवार विभिन्न राजनैतिक दल त्यागेर गोजमुमोमा सामेल भएका छन्। चुङथुङ चियाबारी आरूबोटेमा सम्पन्न सभामा नयाँ सोच, नयाँ बिचारलाई समर्थन गर्दै गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विनय तामङ अनि महासचिव अनित थापाको कार्यशैलीलाई मन पराएर आज विभिन्न राजनैतिक दलबाट गोर्खा जनमुक्ति मोर्चामा सामेल भएका छन्।


23/64 बुथ सभापति प्रलाद छेत्रीको अध्यक्षतामा भएको सभामा चुङथुङ मेरीबुङ तामसाङ समष्टि अध्यक्ष बीआर राई, महकुमा प्रवक्ता सन्दीप छेत्री, युवा मोर्चा केन्द्रीय समिति महासचिव अरूण छेत्री, डीटीडीपीएलयु चुङथुङ युनिट अध्यक्ष बिनय सुब्बाको बाहुलीबाट विभिन्न राजनैतिक दलका 28 परिवार समर्थकहरूले गोजमुमोको दलीय झण्डा ग्रहण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *