बिजनबारी डिग्री कलेजको फेनसिङ अनि वैकल्पिक सडक निर्माण कार्यको शिलान्यास

बिजनबारी: जीटीएको पहलमा बिजनबारी डिग्री कलेजको अघिल्लोतिर फेनसिङ अनि पछिल्लो भागमा बनिने वैकल्पिक सड़क निर्माण कार्यको आज गोजमुमो विनय खेमा चुङथुङ मेरीबोङ तामसाङ समष्टि सभापति बीआर राईले विधिवत् रूपमा शिलान्यास गरे। जीटीएको पहलमा 88 लाख रुपियाँको लागतमा कलेजको अघिल्लोतिर फेनसिङ अनि पछिल्लो भागमा वैकल्पिक सड़क निर्माण कार्यको आज शिलान्यास गरिएको हो। भोलिदेखि नै उक्त कार्यको आरम्भ गरिने छ भने तीन महिनाको अवधिभित्र कार्य समाप्त गरिने सभापति बीआर राईले बताए। गत केही महिनाअघिदेखि असामाजिक तत्वहरूको कारण बिजनबारी डिग्री कलेज असुरक्षित भएको समाचार प्रकाशमा आएपछि यसलाई निर्मुल पार्न जीटीए अघि आएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *