बिजनबारी गोकमा निःशुल्क स्वास्थ जाँच शिविर

बिजनबारी: गैरसरकारी संस्थान होलिस्टेकब्लुम फाउन्डेसनको आयोजना तथा बिजनबारी ग्रामीण अस्पतालको मुख्य सहयोगमा एकदिने निःशुल्क स्वास्थ जाँच शिविर गोक एक ग्राम अन्तर्गत कर्मटारस्थित अनाथालय ग्रेस चिल्ड्रेन होस्टेलमा सम्पन्न गरियो। उक्त जाँच शिविरमा खण्ड स्वास्थ्य अधिकारी बिजनबारी ग्रामीण अस्पताल अन्सोल चौधरी प्रमुख रूपमा उपस्थित थिए भने तिनले उक्त अनाथ आश्रमका नानीहरूको स्वास्थ परीक्षण गरे। यसको साथै तिनले विभिन्न बिमारहरूबाट बाँच्न के-कस्तो सवधानीहरू अप्नाउनु पर्छ भन्नेबारे जानकारी गराए। स्वास्थ्य जाँचपछि आवश्यक औषधि लगायत माक्स, सेनिटाइजर वितरण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *