बिजनबारी ग्रामीण अस्पताल नजिकको जीर्ण बाटो पैह्रोको खतरामा, गाउँलेहरू भयभित

बिजनबारी: लगातार परिरहेको पानीले पुल बिजनबारी ग्राम पञ्चायत अधीनस्थ अस्पताल लाइनबाट अप्पर चैनपुरे हुँदै रारा कोलनीसम्म जोडने बाटो जीर्ण आवस्थामा पुगेको छ भने अझ लगातार पानी परेको खण्डमा कुनै पनि समयमा बाटोसँगै केही घरहरू बगाएर लैजाने प्रबल सम्भावना रहेको स्थानीय मानसिहरू बताउँछन्। पैह्रोलाई रोकथाम गर्नको निम्ति स्थानीय मानिसहरूले खण्ड विकास कार्यालयको सहयोगमा केही तारपोलिन ल्याएर ढाकछोप गरे तापनि उक्त व्यवस्था पर्याप्त नभएकोले कुनै पनि समयमा त्यहाँ पैह्रो जानसक्ने आशंकाले स्थानीय मानिसहरू भयभित बनेका छन्। उक्त स्थानमा पैह्रो गएमा केही घरहरू लगायत बिजनबारी ग्रामीण अस्पताल एवम् बिजनबारीदेखि दार्जिलिङ जाने मुख्य सडक बन्द हुनसक्ने सम्भावना रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *