बिजनबारी ग्राम पञ्चायतको विभिन्न क्षेत्रहरूमा सेनिटाइज

बिजनबारी: पुल बिजनबारी गोक समष्टि कोभिड हेल्प डेस्क अनि बिजनबारी बजार गोर्खा जनमुक्ति युवा मोर्चा बिमल खेमाद्वारा बिजनबारी ग्राम पञ्चायतको विभिन्न वार्डहरू पारिजात ग्राम तथा ब्लक अफिस, भूमि सुधार कार्यालय, पशुपालन अस्पताल परिसरमा सेनिटाइज गरियो।


सेनिटाइज कार्य अवधि पानी परेकोले बिजनबारी बजारको रहल ठाउँहरू, सार्वजनिक ब्याङ्क लगायत अन्य कार्यालय परिसरमा चाँडै सेनिटाइज गरिने बताइएको छ। सेनिटाइज कार्यमा कोभिड हेल्प डेस्कका सदस्यहरू विनय सुब्बा, योगेन्द्र राई, अरुण दुराल, यवन गुरुङ, सञ्जय राई, मन्जिल सुब्बा, ऋषि गुरुङ, स्यारोन डेभिड राई अनि कौशिक बाल्मिकी उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *