बिजनबारीका अवकाश ग्रहण गर्ने शिक्षकहरुलाई बिदाई सहित सम्मान

बिजनबारी: हिल तराई प्राथमिक शिक्षक संगठन एवं रेलिङ पुलबजार प्राथमिक शिक्षक ऋणदान समितिद्वारा बिजनबारी भेगबाट हालै अवकाश ग्रहण गर्ने दशजना शिक्षक- शिक्षिकाहरुलाई बिदाई सहित सम्मान जनाइयो। बिजनबारी भेकका सम्पूर्ण शिक्षकहरूलाई लिएर आयोजन गरेको कार्यक्रममा मुख्य अथिति आरपी निरौला थिए भने गोजमुमो उपाध्यक्ष सतीश पोख्रेल बिशिष्ट अथितिका रुपमा उपस्थित थिए। शिक्षक पहलमान तामाङको स्वागत भाषणसँगै शुरु भएको कार्यक्रममा शिक्षकहरुको समाजप्रतिको त्याग तथा बलिदानको कदर सम्पूर्ण समाजहरुले गर्नुपर्ने बताउँदै आफु जलेर अरुलाई उज्यालो प्रदान गर्ने शिक्षकहरू समाजको दर्पण हो भनी सतीश पोख्रेलले बताए।


अर्कोतिर, हिल तराई प्रथिमिक शिक्षक संगठन केन्द्रीय समितिका सचिव पुर्ण बहादुर राइले संगठन बारेमा कसैलाई अन्योलमा नपर्ने बताउँदै आफुहरु सदैव पहाडको शैक्षिक स्तर बढाउन तथा शिक्षकहरुको समस्याहरुलाई लिएर गम्भीर रहने बताए। पहाडभरिमा सञ्चालित प्राथमिक पाठशालाहरुमा प्रत्येक कक्षामा आफ्नै शिक्षिक हुनुपर्ने तथा रिक्त रहेको 652 पदमा सरकारले चाँडो भन्दा चाँडो रिजनल टेटको व्यवस्था गरेर शिक्षक नियुक्त गर्नुपर्ने सरकारसामु अपील गरे। अवकाश ग्रहण गर्ने शिक्षक-शिक्षिकाहरुमा श्यामकुमार छेत्री, गुनु प्रधान नेहरु प्राथमिक पाठशाला बडारे, बिष्णु कान्त शर्मा शेर्पागाउँ प्राथमिक पाठशाला, पाल्देन तामाङ, कुसुम लुलाम, मणीचन्द्र लामा चुङथुङ प्राथमिक पाठशाला, तरुण कुमार प्रधान साम्सु प्राथमिक पाठशाला, शरद कुमार तामाङ लिजाहिल प्राथमिक पाठशाला, अर्जुन कुमार राई तकबिया प्राथमिक पाठशाला, बिकास गुरुङ पुलबजार प्राथमिक पाठशाला प्रमुख रूपमा रहेका थिए। सांस्कृतिक कार्यक्रमको साथमा अवकाश प्राप्त शिक्षक-शिक्षिकाहरुलाई संगठनको पक्षमा खादा मालासँगै प्रशस्ती पत्रले सम्मान जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *