बिजनबारीका चर्चित फुटबल खेलाडी ललित गुरुङको अन्तिम संस्कार

बिजनबारी : गत अस्सीको दशकसम्म फुटबल खेलद्वारा बिजनबारीको नाम र परिचय गराउने अगम चोक निवासी एकजना उत्कृष्ट गोलकीपर तथा अनुभवी रेफरी ललित गुरूङको हिजो आकस्मिक निधन भएपछि आज छोटा रंगीत खोलाको किनारमा रीति रिवाजअनुसार तिनको अन्तिम संस्कार गरियो। तिनको मृत्युले बिजनबारीको खेल जगतमा अपूर्णीय क्षति भएको क्षेत्रका प्रसिद्ध फुटबल खेलाडी वाईसीएल सुब्बाले जनाएका छन्। तिनले आफूपछि धर्मपत्नी र एउटा छोरा छाड़िगएको सुब्बाले थप जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *