बिजनबारीका दिपराज गौतम गोजमुमो विनय खेमामा सामेल

बिजनबारी: गोजमुमो बिमल खेमाको बिजनबारीका सक्रिय युवा कार्यकर्ता दिपराज गौतम गोजमुमो विनय खेमामा सामेल भएका छन्। आज बिहान तिनले पार्टी उपाध्यक्ष सतिश पोख्रेलको हातबाट दलिय झण्डा ग्रहण गरेर गोजमुमो दोस्रो खेमामा सामेल भए। पार्टीको झण्डा ग्रहण गरेपछि तिनले भने, म कुनै लोभ लालचले गोजमुमो विनय खेमामा सामेल भएको होइन तर दार्जिलिङ विधानसभाका गाउँले उम्मेदवार केशवराज पोख्रेललाई भोटमा जिताउने प्रतिबद्धता गरेर पार्टीमा सामेल भएको हुँ। स्मरण रहोस, दिपराज गौतमले हालसम्म गोजमुमो बिमल खेमाको प्रचार-प्रसारमा सामाजिक सञ्जालमा निक्कै सक्रिय रूपमा भूमिका निभाउँदै आइरहेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *