बिजनबारी कैजले बजारको लकडाउनमा केही फेरबदल

बिजनबारी: कोरोनाको संक्रमणलाई ध्यानमा राखेर आजदेखि 10 दिनसम्म कैजले बजारलाई पूर्ण रूपमा लकडाउन राख्ने घोषणामा केही फेरबदल गरेर अति आवश्यक वाहन, सब्जी बोक्ने वाहन तथा गाउँबाट दुध संग्रह गर्ने वाहनहरू लगायत ग्यास एम्बुलेन्सलाई छुट दिइने भएको छ। कैजले तथा यसका वरिपरिका स्थानहरूमा कुनै वाहनलाई रोक्ने अनुमति नदिने आज एउटा महत्त्वपूर्ण सभा बसी निर्णय लिएको कमिटीको पक्षबाट शरण स्याङ्बो तथा सरोज प्रधानले जानकारी गराएका छन्। स्मरण रहोस्, गत केही दिनअघि कैजले बजार नजिक एकजना कोरोना संक्रमित भएको पुष्टिपछि गाउँलेहरू आतङ्कित बनेका थिए। यसैले गर्दा साग-सब्जी, दुघ लगायत अन्य आवश्यक वाहनहरू  कैजले भएर जान नपाउने निर्णय लिएपछि वरिपरिका कृषकहरू समस्यमा परेका थिए भने आजको निर्णयले मानिसहरूले राहतको श्वास फेरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *