बिजनबारी खण्डलाई महकुमा बनाउन आवश्यक : सतीश पोख्रेल

बिजनबारी राज्यकै सबैभन्दा ठुलो खण्ड हो दार्जिलिङको पुलबजार खण्ड महकुमा। यसैले गर्दा यो खण्डलाई महकुमा बनाउन अति आवश्यक रहेको गोजमुमो उपाध्यक्ष सतीश पोख्रेलले बताएका छन्। यसबारे अगावै राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीसित कुराकानी गरिसकेको तथा स्वयम् मुख्यमन्त्रीले यसलाई लिएर विश्वस्त रहने आश्वासन दिएको तिनले जानकारी गराए। तर, हाल कोरोना महामारीको कारणले गर्दा लगातार भइरहेको लकडाउनले केही कामहरू हुन नसके तापनि चाँडै मुख्यमन्त्रीले दिएको आश्वासनअनुसार बिजनबारी खण्ड महकुमामा परिणत हुनेछ भनी तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *