बिजनबारी खेल मैदानको प्याभिलियन उद्घाटन

बिजनबारी : बिजनबारीको ऐतिहासिक खेल मैदानमा मनरेगा योजना अन्तर्गत 9 लाख 95 हजार सात सय नवासी रूपियाँको लागतमा सुपरभाइजर गगन सुब्बाद्वारा नयाँ निर्माण गरिएको दर्शक दीर्घा तथा प्याभलियनको आज दार्जीलिङ जिल्लाको पुलबजार खण्ड विकास अधिकारी सञ्जय घिसिङले उद्घाटन गरे। यस अवसरमा तिनले मनरेगा योजनाद्वारा धेरै कामहरू भइरहेको बताउँदै आज यस खेल मैदानमा पनि प्याभलियनको आवश्यकता थियो, जसलाई मनरेगा योजनामार्फत पुरा गरिएको बताए। तिनले यहाँका युवाहरूलाई खेलप्रति आकर्षक गराउन आफु ईच्छुक रहेको र रहल कार्यहरू पनि चाँडै पूरा गराउने पक्षमा रहेको थप बताए। कार्यक्रममा मनरेगा एपीओ बिनिता सुब्बा लगायत ग्राम पञ्चायतका सचिव, कर्मचारीवर्ग एवम् विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *