बिजनबारी खेल मैदानमा आजदेखि सेना भर्ती शुरू

बिजनबारी : गोर्खा सेना भर्ती केन्द्र जलपहाड़ अनि पूर्व सैनिक कल्याण संगठन बिजनबारीको आयोजनामा आज बिजनबारी खेल मैदानमा गोर्खा सेना भर्तीको निम्ति पञ्जीकृत कार्यक्रम गरिएको सैनिक कल्याण संगठनका सभापति नायब सुबेदी र कमल प्रसाद सुब्बाले जनाएका छन्। पञ्जीकृतको लागि बिहान 10 बजेदेखि बिजनबारी क्षेत्रका धेरै युवाहरू लाइनमा उभिएर आफ्नो पालो पर्खिरहेका थिए। आजको यस सेना भर्ती पञ्जीकृतमा 17 वर्ष 6 महिनादेखि 21 वर्ष सम्मका युवाहरूले मात्र पञ्जीकृत गरेको साथै माध्यमिकमा सबै विषयमा 33 प्रतिशत अनि पूर्ण अङ्कमा 45 प्रतिशत अङ्क हासिल गरेका युवाहरूलाई मात्र पञ्जीकृत गरिएको भर्ती अधिकारी सुवेदार तामाङले जनाए। तिनले पञ्जीकृत गरिएका युवाहरूलाई शारीरिक जाँचको निम्ति आगामी 13 देखि 16 तारिक भित्रमा सेना भर्ती केन्द्र खप्रेलमा डाकिने थप जानकारी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *