बिजनबारीको बडारेमा गोजमुमो विनय खेमाको बुथ स्तरीय सभा

बिजनबारी: आउँदो विधानसभा चुनाउको मिति घोषणा भएपछि विभिन्न राजनैतिक दलहरूले आ-आफ्नो चुनावी कसरत शुरू गरेको छ। यसै क्रममा गोजमुमो केन्द्रीय उपाध्यक्ष सतीश पोख्रेल तथा समष्टि महासचिव मिलन छेत्रीको विशेष उपस्थितिमा गोजमुमो विनय खेमा रेलिङ कैजले समष्टिको बुथ स्तरीय सभा आज बडारेमा सम्पन्न भयो। उक्त सभामा आउँदो विधानसभा चुनाउको रणनीतिबारे चर्चा परिचर्चा गर्नको साथै संगठनलाई थप प्रभावकारी बनाउने उद्देश्य लिएर बुथ कमिटी पुनःगठन गरियो। सभामा स्थानीय पार्टी समर्थकहरू लगायत नेतृत्वहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *