बिजनबारीको विभिन्न ठाउँबाट 150 परिवार भाजपामा सामेल

बिजनबारी (निसं) : भाजपाको बिजनबारी गोक मण्डल समितिको आयोजनामा रङदु सार्वजनिक भवनमा आज जिल्ला उपाध्यक्ष एलएम लामाको अध्यक्षतामा एउटा सभा सम्पन्न भयो। उक्त सभामा विशेष गरेर बिजनबारीको गोक, रङदु, कोलबुङ, नेजी, मुर्मीदाङ आदिका 150 परिवार विभिन्न पार्टी त्यागेर भाजपामा सामेल भए। यसपछि तिनीहरूलाई पार्टीको जिल्ला अध्यक्ष कल्याण देवान, उपाध्यक्ष एलएम लामाले खदा लगाइ दिएर पार्टीको झण्डा प्रदान गर्दै स्वागत जनाए।


यस सभामा नै गोक बस्तीका बीबी राईलाई मण्डल उपाध्यक्ष अनि कोलबुङ क्षेत्रका बिमान खवासलाई मण्डल सचिव पद प्रदान गर्दै यसबारे घोषणा गरियो। उक्त सभामा जिल्ला अध्यक्ष प्रा. कल्याण देवान, जिल्ला सचिव राजु थुलुङ राई, जिल्ला युवा मोर्चा अध्यक्ष निरज राई, जिल्ला सदस्य एसबी तामाङ, सावन सुब्बा, मण्डल अध्यक्ष प्रमोद लावती, उपाध्यक्ष सञ्जय गुप्त, बिजय सुब्बा, महासचिव रबिन सुब्बा र हेमकुमार शर्मा आदि नेतृत्वहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *