बिजनबारीको कोलबुङमा हिल तृणमूलको सभा

बिजनबारी: बुथ स्तरमै संगठनलाई थप मजबुत बनाउने उद्देश्य लिएर हिल तृणमूलको एउटा सभा दार्जिलिङ पुलबजार खण्ड अधीनस्थ गोक दुई ग्राम पञ्चायतको कोलबुङ बुनियादी पाठशालामा सम्पन्न भयो। सभामा दार्जिलिङ जिल्ला प्रबक्ता एनबी खवास प्रमुख अथितिको रूपमा उपस्तिथि थिए भने महकुमा महासचिव निर्मल सिंह, खण्ड सभापति पर्वरिस सुब्बा लगायत खण्ड स्तरीय नेताहरूको विशेष उपस्थिति रहेको थियो। खण्ड सभापति पर्वरिस सुब्बाको अध्यक्षता तथा ग्राम संयोजक विमन खवासद्वारा सञ्चालित सभालाई दार्जिलिङ जिल्ला प्रबक्ता एनबी खवासले सम्बोधन गर्दै गलत हातको कारण पहाड तथा देशमा सुशासन होइन कुशासन भएकोले गर्दा नै मानिसहरूले समस्या झेल्न परेको बताए। तृणमूललाई साथ दिए पहाडको सर्वागीङ विकास गर्ने बताउँदै राज्यको मुख्यमन्त्री ममता ब्यानर्जीको पहाडप्रतिको उदार सोचकै कारण पहाडभरि जनादेश बढेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *