बिजनबारीको लामागाउँमा अमृता लिम्बुको घरमा आगलागी हुँदा सबै सर-सामान जलेर नष्ट, सभासदद्वारा घर निर्माण गरिदिने आश्वासन

बिजनबारी: दार्जिलिङ तिहारको रमाइलो रमझमबीच बिजनबारीको रेलिङ ग्राम अधिनस्थ लामागाउँ निवासी अमृता लिम्बुको घरमा आज बिहान आगलागी हुँदा घरसहित सम्पूर्ण सर-सामानहरू जलेर भष्म भएको छ। प्राप्त जानकारी अनुसार रेलिङ ग्रामको लामागाउँ निवासी अमृता लिम्बुको घरमा आज बिहानको लगभग 7 बजेर 3- मिनटमा अचानक आगलागी भएपछि सम्पूर्ण सर-सामान जलेर खाक भएको छ। उक्त आगलागीको घटना के कारणले भएको हो भन्ने स्पष्ट नभएको साथै घटनाको समयमा घरमा कोही पनि थिएनन्। गाउँलेहरूले आगलागीको घटना थाहा पाएपछि आगो निभ्याउने केही प्रयास गरे तापनि आगोले विकराल रूप धारण गरेपछि हेर्दा हैर्दै घरसहित सबै सामानहरू जलेर भष्म भएको स्थानीय मानिसहरूले बताएका छन्।



अर्कोतिर, उक्त घटनाको खबर पाउनसाथ क्षेत्रीय भारप्राप्त सभासद सतिश पोखरेल साथै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा रेलिङ कैंजले समष्टिका शीर्ष नेतृत्वहरूले घटना स्थलको निरीक्षण गरे। घटना स्थलको निरीक्षण गरेपछि पत्रकारहरूलाई सम्बोधन गर्दै क्षेत्रीय सभासद सतिश पोखरेलले जीटीए अध्यक्ष अनित थापासँग यस दु:खत घटना विषयमा जानकारी गराएको बताए। तिहारपछि जीटीए-को पक्षबाट हुनसक्ने सहयोग अग्नि पिडित परिवारलाई गरिदिने तिनले बताए। यसको साथै सभासद पोखरेलले अग्निपिडित परिवारलाई खाद्यान्न, लुगाफाट साथै भाडा-वर्तन प्रदान गरेका छन्। आगामी 1 डिसेम्बर 2022 देखि अग्नि पिडित परिवारलाई समष्टिको पक्षबाट एउटा नयाँ घर निर्माण कार्य शुरू गरिदिने तिनले थप वचन पनि दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *