बिजनबारीको नयाँ बीडीओ-सित हिल तृणमूल टोलीको भेट

बिजनबारी: हालै सरुवा भएर आएकी दार्जिलिङ पुलबजार खण्डको नयाँ खण्ड बिकास अधिकारीलाई खण्ड हिल तृणमुल प्रतिनिधिहरुले आज तिनको कार्यालयमा गएर सौहार्द्रपूर्ण भेटघाट गरे। बिजनबारी खण्ड सभापति पर्वरिस सुब्बाको नेतृत्वमा गएको टोलीले नयाँ खण्ड बिकास अधिकारीलाई राज्यकै सबैभन्दा ठूलो रहेको बिजनबारी खण्डमा स्थानीय मानिसहरूको असुविधाबारे अवगत गराए भने आफुहरुले सकेसम्म यसको लागि सहयोग गर्ने आश्वासन दिए। टोलीमा खण्डभरिकै विभिन्न ग्रामका युवा एकाई प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *