बिजनबारी पुल बजारको ऐतिहासिक शुक्रबारे हाट सुनसान

बिजनबारी : अग्रेजकालीन पुल बजारको ऐतिहासिक शुक्रबारे हाटमा गत सप्ताह बजार गर्न आउने मानिसहरूको खचाखच लागेको थियो भने आजको शुक्रबारे हाट बजार भने जीटीए र बंगाल सरकारको लकडाउन घोषणाले सुनसान रहेको देखियो। आवश्यक बुनियादी कुरोलाई मात्र छुट दिएको र बाँकी सम्पूर्ण बजारपाट बन्द रहेको कोभिड-19 हेल्प डेस्क पुल बजारका कोषाध्यक्ष मनोज गुप्ताले जनाएका छन्। तिनले सबै कृषकवर्ग, व्यवसायिकवर्ग लगायत जनसाधारणलाई लकडाउन पूर्ण रूपले पालन गरिदिने अनुरोध गरेका छन्। यता व्यवसाय पक्षले पनि लकडाउनलाई पूर्ण समर्थन गर्दै सहयोग गरिरहेको व्यवसायिक पक्षबाट सुरेश प्रधानले जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *