बिजनबारीको पुलबजार 20 जुनसम्म बन्द रहने

बिजनबारी: एकातिर सरकारले मानिसहरुको सुविधालाई ध्यानमा राख्दै लकडाउनलाइ छुट दिने घोषण गरे तापनि स्थानीय स्तरमा कोरोना भाइरसको महामारीबाट बाँच्न दार्जिलिङ पहाडको विभिन्न ठाउँहरूको बजारहरुलाई स्थानीय संघ-संस्थाहरुले धारावाहिक रूपमा बन्द राख्ने घोषण गर्दै आइरहेको छ। यसै क्रममा बिजनबारी भेगको ऐतिहासिक बजार पुलबजारलाई आगामी 20 जुनसम्म बन्द राखिने भएको छ। यसवाहेक, पुलबजारको प्रत्येक शुक्रबार लाग्ने हाट समेत नलाग्ने भएको छ भने बाहिरका मानिसहरू अनि गाड़ीहरू विशेष कार्य बिना पुलबजारमा पार्किङ गर्न नदिने कोभिड-19 हेल्प डेस्कका सभापति पासाङ लेप्चाले जनाएका छन् |


Leave a Reply

Your email address will not be published. Required fields are marked *