बिजनबारीको पुलबजारमा शहीदहरूलाई श्रद्धाञ्जलि

बिजनबारी : चीनसित संघर्षमा प्राणको आहुति दिने भारतीय सेनाका शहीद जवानहरूलाई स्मरणमा बिजनबारीको पुलबजारमा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरियो। स्थानीय यङ पुलबजारको आयोजनामा गरिएको उक्त श्रद्धाञ्जलि कार्यक्रममा यहाँका बुद्धिजीवी लगायत युवा पिँढीहरूको विशेष उपस्थिति रहेको थियो।


यस अवसरमा सर्वप्रथम शहीदहरूको प्रतिकृतिमा फुल-माला चढाउनको साथै धुप प्रज्ज्वलन गरेर शहीदहरूलाई श्रद्धाञ्जलि अर्पण गरियो। यसको साथै तिनीहरूको आत्मा शान्तिको कामना गर्दै एक मिनटको मौन धारण पनि गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *