बिजनबारीको क्वारेन्टाइन सेन्टरहरूको परिभ्रमण गरे मोर्चा उपाध्यक्ष पोख्रेलले

बिजनबारी : गोर्खा जनमुक्ति मोर्चा उपाध्यक्ष सतीश पोख्रेल लगायत तिनका टोलीले बिजनबारी रेलिङ कैजले समष्टिको विभिन्न क्षेत्रहरूको कोरोन्टाइन सेन्टरको परिभ्रमण गर्नको साथै सेन्टरमा बसेका मानिसहरूसँग तिनीहरूको स्वास्थ्यबारे जानकारी लिँदै आइरहेको छ। यसै क्रममा आज तिनले रेलिङ ग्राम पञ्चायतको केही गाउँ लगायत कैजले ग्रामको बडारे कैजले समालबोङमा बाहिरबाट घर फर्किआई कोरोन्टाइनमा बस्नेहरूसँग भलाकुसारी गर्नको साथै तिनीहरूलाई आवश्यक खाद्यान्न वितरण गरे। उपाध्यक्ष पोख्रेलको नेतृत्वमा गएका उक्त टोलीमा समष्टि सर्भिलेन्स कमिटी सदस्य मिलन पोख्रेल, कमल गिरी, पृथ्वीराज सुब्बा लगायत अन्यको उपस्थिति रहेको थियो। कोरोना महामारीको संकटको समयमा सबै एकजुट हुने साथै सबैले यसलाई गम्भीरतापूर्वक लिइने तिनले आग्रह गरे। भ्रमणपछि पत्रकारसित कुराकानी गर्दै तिनले पहाडभरिमा जीटीएको सहयोगमा धेरै मानिसहरु भित्रिएको जानकारी दिँदै सम्पूर्ण कोरोन्टाइनमा बस्नेहरूले अनुशासित भएर बस्नुपर्ने साथै स्वास्थ्य विभागले 14 दिन भने तापनि सुरक्षाको दृष्टिकोणले 21 दिनसम्म कोरोन्टाइनमा बसिदिने सबैसँग तिनले आग्रह गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *