बिजनबारीको रेलिङ कैंजले समष्टि अनित थापाको पक्षमा रहने

बिजनबारी: रेलिङ कैंजले समष्टि गोजमुमो (दोस्रो खेमा) को समष्टि स्तरीय सभापछि समष्टि अनित थापाकै पक्षमा रहने प्रतिबद्धता जनाएको छ। समष्टिका पार्टी सभापति शरण स्याङ्बोको सभापतित्वमा समष्टिभरिका 18 वटा बुथ कमिटीका सदस्यहरु लगायत स्थानीय नेतृत्वहरुको उपस्थितिमा आयोजना गरेको सभापछि उक्त निर्णय लिएको पत्रकार सम्बोधन गर्दै समष्टि महासचिव मिलन छेत्रीले बताएका छन्। समष्टिले गोजमुमो कार्यवाहक अध्यक्ष अनित थापाको पक्षमा रहेर आफूहरु समष्टिमा निष्ठापूर्वक साङ्गठानिक कार्य गरेर लैजाने समष्टि सभापति शरण स्याङबोले थप बताएका छन्।स्थानीय रेलिङ, बिहिबारे सार्वजनिक भवनमा भएको कार्यक्रममा गोजमुमो केन्द्रीय समितिका उपाध्यक्ष सतिश पोखरेल, महकुमा समिति दार्जिलिङका अध्यक्ष आलोककान्त मणि थुलुङ, केन्द्रिय प्रवक्ता केशवराज पोखरेल, निर्मल छेत्री आदि उपस्थित थिए भने तिनीहरूले पार्टीको भावी रणनीतिबारेमा व्यापक रूपमा चर्चा परिचर्चा गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *