बिजनबारी: प्राणी सम्पदा विभाग दार्जिलिङ पुल बिजनबारी खण्डको आयोजनमा मोबाइल भेटनेरी क्लिनिकको तर्फबाट आज एक दिवसीय क्याम्पको आयोजना गरियो। स्थानीय रेलिङ, बिहिबारे बजारमा आयोजना गरिएको उक्त क्याम्पमा डा. शान्तिराम शर्मा, आशिका सुब्बा अनि जीवन गुरुङको विशेष उपस्थितिमा कृषकहरूलाई गाई-गोरु, कुखुरा, सुगुर, कुकुर आदिको नि:शुल्क दवाई वितरण गरियो।