बिजनबारीको रेलिङमा शहीद दिवस पालन

बिजनबारी: बिजनबारीको रेलिङस्थित शहीद वेदीमा सन् 1986 सालदेखि 2017 सालसम्म जाति र माटोका निम्ति शहीद हुने ती वीर सपुतहरुको स्मरण गर्दै आज गोजमुमो (दोस्रो खेमा) रेलिङ कैंजले समष्टिद्वारा श्रद्धा सुमनको साथमा तिनीहरूलाई श्रद्धाञ्जलि अर्पण गरे। यस अवसरमा गोजमुमो नेताहरूले शहीदवेदीमा फुल-माला चढाएर शहीदहरूलाई श्रद्धाञ्जलि दिए। गोजमुमो उपाध्यक्ष सतिश पोखरेलले भने, म हिज पनि गोर्खाल्याण्डको पक्षमा थिए भने आज पनि छु अनि भोलि पनि गोर्खाल्याण्डको पक्षमा रहनेछु। हामी चहान्छौ कसैको छोराछोरी शहीद नबनियोस्। कसैको सिउँदोको सिन्दूर नपुछियोस् अनि बृद्ध आमा-बाबाको आशाको किरण नअस्ताओस्। शहीद हुन्छ भने जनता होइन नेता हुनुपर्छ। अर्कोतिर, समष्टि महासचिव मिलन छेत्रीले शहीदहरूको स्मरण गर्दै तिनीहरुले देखको ईच्छा, आकांक्षा अनि सपना अवश्यै नै पूरा गर्नेछौं भनी दावी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *