बिजनबारीको रेलिङमा सुन्तला खेतीबारे आयोजित कार्यशालाको समापन

बिजनबारी: दार्जिलिङ पुलबजार खण्ड कृषि विभागद्वारा आयोजना गरिएको सुन्तला खेती तथा यसमा लाग्ने रोगको निवारणबारे आयोजना गरेको कार्यशाला आज समापन गरियो। मुख्यत रेलिङ ग्राम पञ्चायतलाई केन्द्र गरेर स्थानीय रेलिङ उच्चतर माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिएको उक्त कार्यशालाले स्थानीय सुन्तला खेती गर्ने किसानहरू लाभान्वित भएका छन्। चार दिनदेखि निरन्तर रूपमा चलेको उक्त कार्यशालामा मौखिक तथा व्यवहारिक ट्रेनिङको आयोजना गरिएको थियो। उक्त कार्यशालामा कालेबुङ, सिलगढीका प्रशिक्षकहरू सामेल थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *