बिजनबारीको साहित्यिक संस्थान कला संगमद्वारा भानु जयन्ती पालन

बिजनबारी: कोरोनाको महामारीलाई ध्यानमा राख्दै साधरण कार्यक्रमको साथमा बिजनबारीको साहित्यिक संस्थान कला संगमले आज भानुभक्तको 207औ जयन्ती पालन गर्यो। संस्थाका सदस्य कमल प्रधानको अध्यक्षतामा तथा शिक्षाविद् पुष्पमणी प्रधानको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा भानुभक्तलाई स्मरण गर्दै श्रद्धाञ्जली चढाउनको साथै तिनको प्रतिमामा माल्य अर्पण गरियो।  भानुभक्तले नेपाली साहित्य तथा समाजलाई पुर्याएको योगदानको बारेमा वक्ताहरूले उपस्थित सबैलाई अवगत गराए। छोटो रूपमा गरिएको कार्यक्रममा स्थानीय बजारवासी लगायत प्रतिभा प्रेरणा परिषदका कार्यकारी सदस्यहरु बिशेष रूपमा उपस्थित थिए भने कार्यक्रममा भक्त सुब्बा, कैलास पाण्डे, मुक्तीनाथ शर्मा, राजकुमार तिमसिना लगायत अन्यले स्वरचित कविताहरु पठन गरे। यस अवसरमा स्थानीय होमेप्याथिक डाक्टर प्रेरणा राठीलाई संस्थाको तर्फबाट सम्मान जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *