बिजनबारीको विभिन्न ठाउँमा स्वतन्त्रता दिवस पालन

बिजनबारी : गोग्रा स्पोटिङ कल्ब बिजनबारीले आज सामान्य रूपमा 74औँ स्वतन्त्रता दिवस पालन गर्यो। कोरोना भाइरसको बढ्दो संक्रमणलाई ध्यानमा राखेर सामाजिक दूरी पालन गर्दै बिजनबारी खेल मैदानमा औपचारिक कार्यक्रमको माध्यमद्वारा राष्ट्रिय झण्डा उत्तोलन गरियो। यसको साथै उपस्थित सबै राष्ट्रिय गीत प्रस्तुत गरे।


यसैगरी, कैजले ग्राम अधीनस्थ लोअर सिरिसे युवा संघद्वारा आज 74औँ स्वतन्त्रता दिवस पालन गर्यो। स्थानीय सम्वृद्धि समाज सभापति सुरेन राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संघका युवाहरूको विशेष रूपमा उपस्थित थिए। बिजय निरौलाद्वारा सञ्चालित कार्यक्रममा अतिथी सुरेन राईले राष्ट्रिय  झण्डा उत्तोलन गरे भने स्वतन्त्रता दिवसबारेमा बिनोद भट्टराईले छोटकरीमा आफ्नो वक्तव्य राखे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *