बिजनबारीमा अस्थायी विद्युत कर्मचारीहरु दुईदिने पेन डाउन तथा टुल डाउन हडतालमा

बिजनबारी: स्थायीकरणसहित विभिन्न मागहरूलाई लिएर आजदेखि बिद्युत विभागमा अस्थायी रूपमा कार्यरत् कर्मचारीहरुले पेन डाउन तथा टुल डाउनको नारा दिँदै राज्यव्यापी रूपमा हडताल शुरु गरेका छन। यसै क्रममा आज बिहानैदेखि बिजनबारी भेगमा पनि अस्थायी रूपमा कार्यरत कर्मचारीहरु हडतालमा उत्रिएका छन भने कम्पनीले आफुहरुको माग पुरा गर्नुपर्ने आवाज उठाउँदै नाराबाजी समेत गरे। स्मरण रहोस, धेरैपल्ट राज्य सरकारको बिद्युत विभागको सम्बन्धित कम्पनी लगायत अन्य पदाधिकारीहरूसित कुराकानी भए तापनि कर्मचारीहरुको माग अनुसार कम्पनीले पहल नगरेको अस्थायी कर्मचारीहरूको आरोप रहेको छ। यसैले अस्थायी कर्मचारीहरुले आन्दोलनलाई चरम रुप दिँदै आजदेखि दुईदिने राज्यव्यापी हडताल शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *