बिजनबारीमा भाजपाको चुनावी सभा

बिजनबारी: भारतीय जनता पार्टी बिजनबारी मण्डल 1 अन्तर्गत नयाँ नोर, कैजले र कोलबुङ शक्ति केन्द्रलाई लिएर आज एउटा सभाको आयोजना गरियो। आगामी विधानसभा चुनाउलाई केन्द्र गरेर सम्पन्न गरिएको उक्त सभामा चुनाउलाई लिएर के-कस्ता कार्यहरू गर्नुपर्ने साथै संगठनलाई जनमुखी बनाउनेबारे व्यापक चर्चा परिचर्चा गरियो। नयाँ नोर ग्रामको लुनचोक्रमा मण्डल सभापति बीआर छेत्रीको सभापतित्वमा सम्पन्न सभामा ब्रिजेश सिंह रमन, युवा सभापति अभिषेक शर्मा, महिला मोर्चा बन्दना छेत्री, सन्ध्या तिवारी, मण्डल सचिव गोपाल बुढाथोकी, सरन मोथे लगायत केन्द्रभित्र पर्ने सबै बुथका सभापति, सचिवहरू एवम् पार्टीका समर्थकहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *