बिजनबारीमा भाजपाको सांगठनिक सभा

बिजनबारी:  भारतीय जनता पार्टी बिजनबारी मण्डल कमिटीको सांगठानिक सभा बिजनबारी सार्वजानिक भवनमा बीआर छेत्रीको सभापतित्वमा सम्पन्न भयो। संगठनलाई थप मजबुत बनाउने उद्देश्य लिएर तथा केन्द्रिय नेतृत्वहरूको साधारण कार्यकर्ताहरूसित आपसी तालमेल बनाइ राख्न उक्त सभाको आयोजना गरिएको हो। सभामा जिल्ला अध्यक्ष कल्याण देवान, उपाध्यक्षहरू बीएल राई,  एलएम लामा, महासचिव सावन राई लगायत मण्डल कमिटीका सदस्यहरू उपस्थित थिए। उक्त सभामा पार्टीको सांगठनिक गतिविधिबारे चर्चा परिचर्चा गरिएको मण्डल कमिटी सचिव गोपाल छेत्रीले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *