बिजनबारीमा विश्व पर्यटन दिवस पालन

बिजनबारी : टिस्टा रगीत इको सस्टेनेबल सोसाइटी (ट्रेस)-को आयोजनामा आज विश्व पर्यटन दिवस दार्जिलिङ पुलबजार खण्ड अधीनस्थ झेपी ग्रामको झेपीस्थित चेतना फार्म एण्ड होम स्टेमा पालन गरियो। कार्यक्रममा दार्जिलिङ पुलबजार खण्ड विकास अधिकारी कौशिक ब्यानर्जी प्रमुख अतिथिको रूपमा उपस्तिथि थिए भने ट्रेस सभापति एमके प्रधानस सचिव एनबी खवास, संगठनका पदाधिकारीहरू लगायत वरिपरिका विभिन्न होम स्टेका सञ्चालकहरू प्रमुख रूपमा उपस्थित थिए। कोरोना संक्रमणले पर्यटन व्यवसायलाई सबैभन्दा धेर प्रभावित पारेकोले यसलाई अघि बढाउन सबैले मिलेर अघि आए मात्र उक्त उद्योग पुनः मार्गमा आउने प्रमुख अतिथि कौशिक ब्यानर्जीले बताए। अर्कोतिर, गाउँ गाउँमा पर्यटन भित्राउने सोचको साथमा समूहले काम गरेको ट्रेस-का एनबी खवास तथा एमके प्रधानले बताए। यस अवसरमा विविध सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *