बिजनबारीमा बोर्ड परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई सम्मान

बिजनबारी : लेनजिङ ग्रुप (युवा संगठन) पुलबजारको पहलमा एउटा कार्यक्रमबीच शैक्षिक सत्र 2020-को बोर्ड परीक्षामा उत्कृष्ट अङ्क ल्याउने ल्याउने विद्यार्थीहरूलाई सम्मान जनाइयो। सिबीएससी दसैँको बोर्ड परीक्षामा विद्या ज्योति अकादमीबाट 91% अङ्क ल्याउने स्थानीय प्रतिक प्रधान र 85% अङ्क ल्याउने प्रतीक्षालाई सम्मान जनाइयो।


कार्यक्रममा संस्थाका सभापति भक्त कुमार सुब्बाद्वारा दुवैलाई खदा लगाई दिँदै बधाई दिए भने राजु प्रधानले बधाई पत्र पठन गरे। अर्कोतिर संस्थाको पक्षबाट तिनीहरूको प्रोत्साहन बढाउने उद्देश्यले देश राज सुब्बा द्वारा पारितोषिक पनि प्रदान गरियो। कार्यक्रममा देवेन्द्र राई, शरण सुब्बा, अशोक गुप्त, तारानिधि क्षेत्री, हेमन्त प्रधान, अभिकेशर छेत्री, मन कुमार सुब्बा, विज्ञान राई, अनुराग प्रधान, विवेक प्रधान उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *