बिजनबारीमा गोजमुमो विनय खेमाको चुनावी सभा

बिजनबारी: गोजमुमो विनय खेमाको दार्जिलिङ विधानसभा आसनबाट केशवराज पोख्रेल मनोनित भएपछि तिनले कार्यकर्ताहरूसित भेटघाट गर्ने कार्य शुरू गरेका छन्। यसै क्रममा आज तिनले बिजनबारी सार्वजनिक भवनमा बिजनबारी भेगका तीनवटा समष्टिका कार्यकर्ताहरूसित चुनावी मुद्दालाई लिएर एउटा परिचर्चा सभाको आयोजना गरे। तिनले सभालाई सम्बोधन गर्दै यसपल्टको चुनाउमा पहाड़ले पहाड़कै छोरा पाएको छ। पहाडको रिमोट अब दिल्लीमा होइन पाहड़मै रहने बताउँदै सांगठनिक विस्तारमाथि प्रकाश पारे। उक्त सभामा गोजमुमो उपाध्यक्ष सतीश पोख्रेल, पुल बिजनबारी गोक समष्टि सभापति एसएम राई, महकुमा प्रवक्ता सन्दीप छेत्री लगायत समष्टिका पदाधिकारी एवम् अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *