बिजनबारीमा गोजयुमो-को सांगठनिक सभा

बिजनबारी : गोजयुमो महकुमा समितिको आदेश एवम् गोजयुमो पुलबजार-बिजनबारी-गोक समष्टिको आयोजनामा बिजनबारी सार्वजनिक भवनमा एउटा सांगठनिक सभा सम्पन्न भयो। पासङ लेप्चा युवा मोर्चा समष्टि सचिवले संचालन गरेको सभामा स्वागत भाषण साथै सभाको औचित्य भीम सुब्बा अनि केबु तामाङ युवा मोर्चा समष्टि उपसभापतिले युवा मोर्चा समष्टि कमिटीको क्रियाकलापबारे जानकारी गराए। उक्त सभामा जीवन देवान र सत्यराज सुब्बालाई युवा मोर्चा महकुमा समितिको सदस्यको रूपमा चयन गरेको युवा मोर्चा समष्टि सचिव पासङ लेप्चाले विज्ञप्ति मार्फत जानकारी दिएका छन्।


युवा मोर्चा समष्टि सभापति सनित लामाको सभापतित्वमा सम्पन्न सभामा प्रमुख अतिथि, विशिष्ट अतिथि एवम् आमन्त्रित अतिथिहरूमा क्रमैले अमृत योन्जन सभापति गोजयुमो केन्द्रिय समिति, अरुण छेत्री महासचिव युमो केन्द्रिय समितिएलएम लामा सांगठनिक सचिव गोजमुमो केन्द्रिय समिति, मणिकुमार राई सदस्य गोजमुमो केन्द्रिय समिति, पुरण तामाङ प्रमुख संयोजक गोजयुमो दार्जिलिङ महकुमा समिति, एलएन छेत्री उपसभापति गोजमुमो दार्जिलिङ महकुमा समिति, एसएम राई सभापति गोजमुमो पुलबजार-बिजनबारी-गोक समष्टि, सचिव दिपक तामाङ, उपसभापति मोहन छेत्री, भीम सुब्बा सदस्य गोजयुमो केन्द्रिय समिति आदिको विशेष उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *