बिजनबारीमा गोरामुमो-द्वारा पोस्टरिङ

बिजनबारी: गोरामुमो पुल बिजनबारी समष्टिद्वारा यहाँको विभिन्न क्षेत्रहरूमा आज व्यापक पोस्टरिङ गरियो। बिजनबारी बजार लगायत यसको वरिपरिका विभिन्न स्थानहरूमा गरिएको पोस्टरिङमा गत 5 अगस्तको दिन केन्द्रीय गृहमन्त्रालयद्वारा डाकिएको जीटीए-को समीक्षा सभा स्थगति होइन तर पूर्ण रूपमा रद्द गर्नुपर्ने, राष्ट्रिय सुरक्षाको हितलाई ध्यानमा राखेर केन्द्र सरकारले पहाड, तराई र डुवर्सको राजनैतिक समस्याको समाधान यथाशीघ्र गर्नुपर्ने, 11 जातिलाई जनजातिको मान्यता दिनुपर्ने आदि विषयमा उल्लेख गरिएको छ।


समष्टि युवा एकाईका सभापति बिजय सुब्बाको अगुवाईमा गरिएको पोस्टरिङमा समष्टि उपसभापति गायेस सुब्बा, महासचिव सुरेन गुरुङ, युवा उप-सभापति पुरण जैरु, युवा सचिव अमद लकान्द्री, असिम सुब्बा, बिधान प्रधान, योगेश सुब्बा, राजेन पोख्रेल उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *