बिजनबारीमा क्रामाकपाको चुनावी पथ सभा

बिजनबारी: बिजनबारी बजारमा आज क्रामाकपाको चुनावी पथ सभा सम्पन्न गरियो। सभालाई श्रमिक संगठन नेता सुनिल राई, उद्धव खनाल, मदन तामाङ आदिले सम्बोधन गरे। केन्द्रीय प्रवक्ता गोबिन छेत्रीले आफूहरू गठबन्धनमा रहेको साथै गठबन्धनले कहाँ अनि कुन प्रकारले उम्मेद्वार उतार्नु पर्ने बारेमा लगातार प्रयासरत रहेको बताउँदै यदि यसो नभएको खण्डमा क्रामाकपाले आफ्नै पार्टी उम्मेदवार खडा गर्ने तिनले जनाए।


सभापछि लोअर चुङथुङ 12 गोलाईमा कमरेड स्व. एबी सुब्बाको प्रतिकृतिमा खदामाला लगाई दिएर श्रद्धाञ्जलि अर्पण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *