बिजनबारीमा कृषकहरूलाई साग-सब्जीको बिउ वितरण

बिजनबारी : खेतीपातीको निम्ति प्रख्यात मानिने बिजनबारी भेगमा कृषकहरूलाई स्वलम्बी बनाउने उद्देश्यले जीटीए-को पहल तथा अनुसूचित जाति जनजाति एवम् अन्य पछौटे वर्ग उन्नयन विभागको प्रायोजनमा आज बिजनबारी भेगका विभिन्न समष्टिहरू पुल बिजनबारी गोक समष्टिको विभिन्न गाउँका कृषकहरूलाई कृषि उपज साथै केही आवश्यक साग-सब्जीको बिउ-बिजनहरू विरतण गरियो।


यसको साथै कृषकहरूलाई कृषि सम्बन्धी औजारहरू पनि वितरण गरियो। बिजनबारी सार्वजनिक भवनमा आयोजना गरिएको कार्यक्रममा पश्चिम बंगाल सरकार विभागका सहायक प्रबन्धन शान्ति शेर्पा, गोजमुमो केन्द्रीय समिति  उपाध्यक्ष  सतीस पोख्रेल, सदस्य एलएम लामा, मनि राई तथा समष्टि अध्यक्ष  एसएम राईको प्रमुख रूपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *