बिजनबारीमा महिनाव्यापी शीतकालीन फुटबल प्रशिक्षणको समापन

बिजनबारी: बिजनबारी विन्टर कोचिङ क्याम्पद्वारा आयोजित महिनाव्यापी शीतकालीन फुटबल प्रशिक्षण शिविरको आज एउटा रङ्गारङ कार्यक्रममाझ समापन गरियो। स्थानीय बिजनबारी खेल मैदानमा गत जनवरी महिनाको पहिलो हप्तादेखि आयोजित उक्त शिविरमा स्थानीय बिजनबारी लगायत वरिपरिका पन्ध्र वर्ष मुनिका एक सयभन्दा अधिक बालबालिकाहरूले प्रशिक्षण लिएका थिए भने आज तिनीहरूलाई प्रमाणपत्र समेत प्रदान गरियो। विविध सांस्कृतिककार्यक्रमको साथमा समापन गरिएको शिविरमा नवोदित कलाकारहरूले नृत्य प्रस्तुत गरे। यसको साथै बालक तथा बालिका वर्गमा एक दिने फुटबल प्रतियोगिताको पनि आयोजना गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *