बिजनबारीमा पत्रिका सिल्लरी-को विमोचन

बिजनबारी: लामागाउँ सांस्कृतिक प्रतिष्ठानद्वारा प्रकाशित समसामयिक पत्रिका सिल्लरी-को एउटा कार्यक्रमबीच विधिवत रूपमा लोकार्पण गरियो। यस अवसरमा दुई चरणमा कविता वाचन कार्यक्रम सम्पन्न गरियो। शिव ताम्लिङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मनप्रसाद सुब्बाले विमोचित समसामयिक पत्रिका सिल्लरी- बारे आफ्नो विचार प्रकट गरे।


उक्त पुस्तक लोकार्पण कार्यक्रममा प्रमुख अतिथिको रूपमा कवि मन प्रसाद सुब्बा तथा साहित्यकारहरू पुर्ण सुब्बा, एम पथिक, शरण खालीङ, प्रतिभा प्रेरणा परिषद सभापति मुक्तिनाथ शर्मा, सचिव सुजनहाङ, कला सगम सभापति पुनम दर्नाल, सचिव जयकुमार राई, शिक्षक ज्ञानचन्द्र लामा, समाजसेवी मोहन सुब्बा अनि गाउँलेहरूको बाक्लो उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *