बिजनबारी पैह्रोग्रस्त क्षेत्रको जिल्लापाल अनि जीटीए चेयरम्यानद्वारा निरीक्षण, पुनर्वासको आश्वासन

बिजनबारी: दार्जिलिङ जिल्लाको पुलबजार खण्ड अधिनस्थ मझुवा ग्राम पन्चायतको पहिरोग्रस्त लोवर आरुबोटेको आज जीटीए चेयरम्यान अनित थापा अनि दार्जिलिङ जिल्लापालको एउटा प्रतिनिधि टोलीले स्थलगत भ्रमण गऱ्यो। आज दिउँसो पहिरोग्रस्त लोवर आरुबोटे क्षेत्रको जीटीए चेयरम्यान अनि दार्जिलिङ जिल्लापाल लगायत अन्य शीर्ष प्रतिनिधिहरूले निरीक्षण गर्नको साथै पीडित परिवारका सदस्यहरूसित पनि भेट गरेर तिनीहरूको समस्याबारे कुराकानी गरे। जीटीए चेयरम्यान तथा जिल्लापालले हाल राहत शिविरमा रहेका पीडित परिवारहरूको समस्या सुनेपछि तिनीहरूलाई चाँडै पुनर्वासको व्यवस्था गरिदिने आश्वासन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *