बिजनबारी पुलबजारको रेलिङमा पहिरोले घरलाई क्षति

बिजनबारी : लगातार परेको पानीले दिउँसै दार्जिलिङ पुलबजार खण्ड अधिनस्थ रेलिङ ग्राम पन्चायतको पाखागाउँमा जीतबहादुर मगरको घरलाई पूर्ण रूपले क्षति पुऱ्याएको छ। घटना दिउँसो भएकोले कसैको ज्यान नगएको भए तापनि घरलाई पूर्ण रूपले क्षति पुऱ्याएको छ। घरलाई पहिरोले क्षति पुऱ्याएपछि तिनका परिवार संकटमा परेका छन। घटनाको खबर सुनेपछि स्थानीय ग्राम सचिव प्रभात सेवाले घटनास्थलको भ्रमण गरेर विभागले सहयोग गर्ने आश्वासन दिएका छन्।


अर्कोतिर घटनाको खबर पाएर गोजमुमो उपाध्यक्ष सतिश पोख्रेलले पनि स्थलगत भ्रमण गरेर पीडित परिवारलाई घर बनाउने आप्नो जमीन कानुनी रूपमा दिने वचन दिएका छन्। यसको साथै जीटीए अध्यक्ष अनित थापासँग घटनाबारे सम्पर्क गरेको तथा जीटीएबाट हुनसक्ने सहयोग गर्ने तिनले वचन दिएको अवगत गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *