बिजनबारी रेलिङस्थित शहीद वेदीमा शहीद दिवस पालन

बिजनबारी: बिजनबारीको रेलिङस्थित शहीद वेदीमा आज अलग राज्यको मागमा शहीद भएका वीर सपूतहरूको स्मरण गर्दै गोर्खा जनमुक्ति मोर्चा (बिनय खेमा) रेलिङ कैजले समष्टिद्वारा फुलमाला चढाउँदै श्रद्धाञ्जलि अर्पण गरियो। यस अवसरमा गोजमुमो उपाध्यक्ष सतीश पोखरेलले शहीदहरूले देखेको अलग राज्यको सपना एकदिन अवश्यै पुरा हुने छ भनी बताए। उक्त सपना पुरा गर्नको निम्ति केन्द्रमा रहेको भाजपा सरकारले दिएको वचन गोर्खाहरूको स्थायी राजनैतिक समाधान चाँडोभन्दा चाँडो पुरा गरेर अलग राज्य गोर्खाल्याण्ड गठन गर्नुपर्ने तिनले बताए। यस श्रद्धाञ्जलि सभामा गोजमुमो (बिनय खेमा)-का  समष्टि सचिव मिलन छेत्री, नारी मोर्चा सचिवा अनुपा राई, एसके मोक्तान, सन्तोष गुरुङ, आरपी शर्मा, रोशन पोखरेल, केवलराज पोखरेल, फुनु शेर्पा, राकेश पोखरेल, सञ्जीव राई, नर्बु शेर्पा, रञ्जीत खवास, आनन्द देवान लगायत रेलिङका चारवटा बुथ कमिटीका प्रतिनिधिगणको पनि विशेष उपस्थिति रहेको थियो।


अर्कोतिर, चुङथुङ मेरीबुङ तामसाङ समष्टिमा पनि शहीदहरूलाई स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गरियो। यहाँको चुङथुङ पारिजात रंगशाला भवनमा सम्पन्न शहीद दिवस कार्यक्रममा सल्लाबारी समष्टिका अध्यक्ष बीआर राई, दार्जिलिङ महकुमा प्रवक्ता सन्दीप छेत्रीयुवा मोर्चा केन्द्रीय महासचिव अरूण छेत्री, चुङथुङ मेरीबुङ समष्टि सचिव सुन्दर राई, नारी मोर्चा दार्जिलिङ महकुमा उपाध्यक्ष  सरस्वती गुरूङलगायत समष्टिका अन्य सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *